बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : दलविशेषको स्वार्थले अभियुक्तलाई सांसदको सपथ

आजका अखबार : दलविशेषको स्वार्थले अभियुक्तलाई सांसदको सपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले दुईवटा विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

ज्यान मुद्दाका अभियुक्त रेशम चौधरीलाई सांसदको सपथ खुवाएको र वाइडबडी घोटालाको छानविन गर्न सरकारले बेग्लै जाँचबुझ आयोग बनाएको विषयलाई मुख्य समाचार बनाएका हुन् ।

नागरिक दैनिकले अभियुक्तलाई सांसदको सपथ शीर्षकमा खबर छापेको छ । उसले दलविशेषको स्वार्थले कानुन मिचियो, पीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्ने उप शीर्षकमा पनि खबर लेखेको छ । 

अन्नपूर्ण पोस्ट्ले पनि यसै विषयलाई मुख्यसमाचार बनाएको छ । नाटकीय शैलीमा रेशमलाई सपथ शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले भने प्रहरीको पहरामा सिंहदरवार पुगेर शपथ लिएका चौधरी छातीमा सांसदको लोगो भिरेर जेलमै फिर्ता शीर्षकमा खबर छापेको छ ।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राजपाका नेता चौधरीलाई टिकापुर घटनाको मुख्य दोषीका रुपमा जिल्ला अदालत कैलालीले ठहर गरेको थियो । कैलालीको टीकापुरमा ०७२ भदौ ७ मा थरुहट र प्रहरीबीचको झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो।

सोही प्रकरणका कारण चौधरी निर्वाचनका बेला फरार थिए । त्यसपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा उनले रिट दर्ता गराएका थिए। तर, अदालतले व्यक्ति स्वयं उपस्थित भए मुद्दा हेर्न सकिने नत्र अदालतले नहेर्ने भन्दै रिट दरपिठमार्फत खारेज गरिदिएको थियो। चौधरीको मुद्दा अदालतमा विचाराधीन छ।

यो विषय बाहेक आजका पत्रपत्रिकाले वाइडबडी घोटालाको छानविन गर्न सरकारले बेग्लै जाँचबुझ आयोग बनाएको विषयलाई प्राथमिकतामा पारेका छन् । कान्तिपुरले वाडबडीमा अनियमितताः सरकारको बेग्लै जाँचबुझ आयोग शीर्षकमा मुख्य समाचार छापेको छ ।

अन्नपूर्णले लेखा समितिलाई चुनौतीः सरकारले बनायो छानबिन समिति शीर्षकमा खबर लेखेको छ। सरकारले नयाँ समिति गठन गरेर वाइडबडी घोटालालाई गिजोल्न खोजेको केहिले टिप्पणी गरेका छन् । 

सुन तस्करीको प्रतिवेदन गुपचुप बनाएको विषयलाई पनि कान्तिपुरले विशेष महत्वका साथ छापेको छ । आजको नयाँ पत्रिकाले भने अधिकांश सांसदले आफ्नै सालासाली र भाइभतिजालाई पिए राख्ने गरेको खुलासा गरेको छ । उसले सर्वोच्चका बरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई भूमिका बिहिन बनाइएको विषयलाई पनि महत्वका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।