बुधबार, साउन १३, २०८३

'सरकारले राजनीतिलाई राज्य दोहनको माध्यम बनायो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल वायुसेवा निगमका दुई वटा वाइड बडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

संसदीय छानबिन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरी निष्पक्ष कानुनी र न्यायिक प्रक्रिया पारदर्शी रूपमा यथाशीघ्र अघि बढाउन नेपाल सरकारसँग विवेकशील साझा पार्टीले माग गरेको छ।

‘सार्वजनिक खरिद प्रक्रियामा बारम्बार भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतिले थलिएको स्पष्ट रूपमा देखिन्छ। अझ भ्रष्टाचारलाई वैधता दिने गरी नीति र कानुनको तहमा जानीबुझी छिद्र राखेर गरिने कैयौं नीतिगत भ्रष्टाचारका विषय त सार्वजनिक समेत हुँदैनन्,’ विवेकशीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिलाई राज्य दोहनको माध्यम बनाउने पारम्पारिक राजनीतिक अभ्यास नै यो समस्याको मूल कारण हो। 

यो विकृतिलाई जरैदेखि उखेल्न आमजनता, नागरिक समाज, राजनीतिक दल लगायत समग्र समाजले आ-आफ्नो ठाउँबाट गम्भीर र सार्थक पहल गर्नका लागि हाम्रो पार्टी आह्वान गर्दछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।