सांकेतिक तस्बिर
काठमाडौं- सतुंगलस्थित ओमसमाज हस्पटिल नजिकैको एक कपास फ्याक्ट्रीमा भिषण आगलागी भएको छ। कपास फ्याक्ट्रीबाट सुरु भएको आगो अहिले सँगैको अल्मोनियमको ठूलो फ्याक्ट्रीमासमेत फैलिएको छ।
बिहीबार साढे सातबजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको नैकाप प्रहरी विटका प्रहरी नायब निरीक्षक लालबाबु पालले नेपाल समयलाई जानकारी दिए। आगो निभाउनका लागि नेपाल प्रहरीकोसहित तीन वटा दमकल प्रयोग गरिएका छन्।
स्थानीय र प्रहरीको टोली पनि आगो निभाउन खटिएको छ। आगलागीको कारण खुली नसकेकोको सर्इ पालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४