काठमाडौं- वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
विहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन् ।
आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम यो जाँचबुझ आयोग गठन गरिएको मन्त्री बास्कोटाले बताए ।
मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०–२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ।’
यो पनि पढ्नुहोस्,
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४