आइतबार, मंसिर २८, २०८२

घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

 |  सोमबार, मंसिर २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २४, २०८१

झापा- संघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन्।

National life

सन् २०३० सम्म सबैलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारले लिएको उल्लेख गर्दै उनले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पुर्‍याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताए।

दमक-३ को उत्तरी क्षेत्रका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले देशको सामाजिक, आर्थिक विकासमा खानेपानीको महत्व हुने हुँदा स्वच्छ तथा सुलभ ढंगले खानेपानी सेवा उपलब्ध गराउन सरकार लागिपरेको स्पष्ट पारे।

जलस्रोतमा नेपाल धनी भए पनि त्यसको प्रचुर उपलब्धतालाई उपयोगमा ल्याउन नसकिरहेको उल्लेख गर्दै उनले भने, 'अब नागरिकले खानेपानी चाहियो भन्दै आन्दोलन गर्नु पर्दैन, सरकार खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्न प्रतिबद्ध छ।' 

खानेपानी आयोजनामा उपभोक्तासहित संघीय सरकारको करिब ५० करोड रूपैयाँ लगानी रहेको छ। यसमा उपभोक्ताको १० प्रतिशत र सरकारको ९० प्रतिशत लगानी छ।

Laxmi sunrise bank
kumari

नवनिर्मित खानेपानी आयोजनाबाट दमक-२, ३ र ४ वडाका ६ हजार पाँच सय २१ घरधुरी गरी २६ हजार सात सय जनाले खानेपानीको सुविधा पाउने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका निमित्त आयोजना प्रमुख सुरतलाल चौधरीले जानकारी दिए। सो आयोजना आर्थिक वर्ष २०७६/७७ मा निर्माण थालिएको हो। योसँगै दमकमा तीनवटा खानेपानी आयोजना सञ्चालनमा आउने उनको भनाइ थियो।

यस खानेपानी आयोजनाले दमकको उत्तरी क्षेत्रका बासिन्दाको वर्षौँदेखि स्वच्छ खानेपानीको समस्या समाधान भएको बेलडाँगी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गेहनाथ पोख्रेलले बताए। रासस

प्रकाशित: Dec 09, 2024| 15:20 सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्