बुधबार, साउन १३, २०८३

ए डिभिजन लिग : गोल भन्दा ‘कार्ड’ बढी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलको अब अन्तिम चरणको खेल मात्र बाँकी छ । लिगमा बुधबार १२औं चरणका खेल सकिएका छन् । ११ औं चरणको खेल खेल्दै मनाङ मस्र्याङ्दी क्लबले उपाधि चुम्यो । 

दुई खेल अगावै मनाङले लिगमा अपराजित रहदै लिगको उपाधि जितेको छ । यस पटकको लिग उपाधिसँगै मनाङ ८ पटक लिगको उपाधि जित्लै एक्लो क्बल बन्दै कीर्तिमान समेत बनायो । 

मनाङ जारी लिगमा अर्को कीर्तिमानी बनाउने दाउमा देखिएको छ । उसले लिगको अन्तिम खेलमा विजय भए । पुरै लिग भर अपराजित एक्लो टोलीको कीर्तिमानी बनाउने छ । 

१२औं चरणका खेल सकिदा सम्म मनाङ अपराजित छ । त्यस्तै लिगमा संकटा एक खेल अगावै दोस्रो बनेको छ । ९ खेलमा जित निकालेको संकटाले १ खेल बराबरी र दुई मात्र गुमाएको छ । 

लिगमा १२औं चरणका खेल अर्थात ८४ खेल सकिदा जम्म २ सय ७ गोल भएका छन् । त्यस्तै २ सय १७ पहेंलो कार्ड प्रयोग हुँदा १० रातो कार्ड प्रयोग गरिएको छ । 

१४ क्लब सहभागी रहेका उक्त लिगमा १ सय २ खेलाडीले गोल गरेका छन् । लिगमा सर्वाधिक गोल गर्ने खेलाडी रहेका छन् । सर्वाधिक गोल गर्नेमा मनाङका आफिज ओलावले र थ्री स्टारका रन्जित धिमाल रहेका छन् । 

दुबै खेलाडीले समान ७-७ गोल गरेका छन् । त्यस्तै ६ गोल हिमालयन सेर्पाका विश्वास श्रेष्ठले गरेका छन् । लिगमा ५ गोल गर्ने चार खेलाडी रहँदा ४ गोल गर्ने आठ, ३ गोल गर्ने चौध, २ गोल गर्ने बिस र १ गोल गर्ने ५३ खेलाडी रहेका छन् ।

लिगको अन्तिम चरणमा पुग्दा खेलमा २ सय १७ पहेंलो कार्ड प्रयोग गरिएको छ । २ सय १७ पहेंलो कार्ड लिग खल्ने १ सय ४१ खेलाडीमाथि प्रयोग गरिएको छ । खेलमा एक पटक मात्र पहेंलो कार्ड खाने ८९ खेलाडी रहेका छन् । 

दुई पटक पहेंलो कार्ड खाने ३५, तीन पटक पहेंलो कार्ड खाने १२, चार पटक पहेंलो कार्ड खाने ३ र पाँच पटक पहेंलो कार्ड खाने २ खेलाडी रहेका छन् । सर्वाधिक पहेंलो कार्ड खाने खेलाडीमा मनाङका ओलावले र जावलाखेलका अदामा डोउम्बियाले खाएका छन् । मनाङका ओलावले जारी लिगका सर्वाधिक गोल कर्ता समेत हुन् । 

८४ खेल सकिदा रातो कार्ड भने १० वटा प्रयोग गरिएको छ । रातो कार्ड सरस्वती युवा क्लब, हिमालयन सेर्पा र च्यासल युथ क्लबका समान २-२ खेलाडीले खाएका छन् । त्यस्तै अन्य चार क्लबका एक एक खेलाडी समान १-१ रातो कार्ड खाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।