बुधबार, साउन १३, २०८३

प्रदेश २ का सांसदले गरे घरभाडा फिर्ताको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरमै घर भएका सांसदहरुले समेत घरभाडा वापत पैसा लिइरहेको समाचार सञ्चारमाध्यमहरुमा आएपछि प्रदेश २ का एक सांसदले पैसा फिर्ता गर्ने घोषणा गरेका छन्।

जनकपुरमै घर भएका नेकपाका सांसद किशोरी साह कमलले घर भाडावापत प्रदेशसभा सचिवालयबाट बुझेको सम्पूर्ण पैसा फिर्ता गर्ने घोषणा गरेका हुन्। सांसद कमलले विहिबार प्रदेशसभा सचिवालयमा पत्र पठाएर घर भाडावापत हालसम्म बुझेका सम्पूर्ण रकम फिर्ता गर्ने जानकारी गरएका छन्।
 
जनकपुरमै घर भएका सांसदहरुले समेत घर भाडावापतको सुविधा लिँदै आइरहेको समाचार सञ्चारमाध्यमबाट थाहपाएपछि रकम फिर्ता गर्ने निर्णयमा पुगेको सांसद कमलले बताएका छन्।

सांसद कमलले पछिल्लो ११ महिनामा प्रतिमहिना १५ हजारको दरले बुझेका १ लाख ६५ हजार रकम फिर्ता लिने गरी प्रदेशसभा सचिवालयमा पत्र पठाएको जानकारी दिएका छन्।

अब आफूले पाउने तलबबाट घर भाडावापतको रकम पर्छयौट गररेर मात्र आगामी महिनाको तलब दिन उनले प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन्। आफूले घरभाडा भन्दा बढी पैसा विपन्न समुदायको उत्थान, विद्यालय र खानेपानीलगायतको क्षेत्रमा खर्च गरेको उनको दाबी छ।

‘जनकपुरमै घर भएका सांसदहरुले घरभाडाका लागि पैसा लिनु उचित होइन,’ नेपाल समयसँग कुरा गर्दै उनले भने,‘तर हामीलाई तलब र घरभाडा एकमुष्ट बैंकमा पठाइएकोले यस्तो हुन गएको हो।’

जनकपुर घर भएका सांसदहरु मध्ये घरभाडा शीर्षकको रकम फिर्ताको घोषणा गर्ने नेकपाका कमल पहिलो सांसद हुन्। कमलसहित जनकपुर घर भएका १४ जना सांसदले प्रदेशसभा सचिवालयबाट घरभाडाको सुविधा लिँदै आइरहेका छन्।

यसैगरी प्रदेशसभाका सांसदहरुले स्वकीय सचिव नै नराखी तलब लिँदै आइरहेको भन्दै सांसद कमलले आपत्ति जनाएका छन्। ‘प्रदेशसभाका १०७ मध्ये ९० प्रतिशतले स्वकीय सचिव राखेका छैनन्,’ उनले भने,‘तर श्रीमान्–श्रीमती तथा कतिपयले छोरालाई स्वकीय सचिव बनाएर सुविधा लिइरहेका छन् । यो सरासर गलत काम हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।