सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र- मेरोबारेमा समाचार लेख्ने पत्रकारलाई कारबाही होस्

गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र- मेरोबारेमा समाचार लेख्ने पत्रकारलाई कारबाही होस्

 |  आइतबार, मंसिर २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१

vianetvianet

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।

triton college

आइतबार सामाजिक सञ्जालमा सेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न माग गरेका छन्। नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक र झुटो समाचार प्रकाशन गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको आरोप उनले पत्रकार दाहाललाई लगाएका छन्। महासंघ सुनसरीका अध्यक्ष ऋषिलाई भने उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाउने काम गरेको भनेर कारबाहीको माग गरेका छन्।

प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानी हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन्। उनले गृहमन्त्रीलाई लेखेका छन्, ‘मजस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाध रूपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन। आशा छ तपाईं जनताको मर्म बुझ्नु हुन्छ होला। पार्टी भन्दा ठूलो हुन्छ देश। हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई बिर्सनु हुँदैन।’

प्रकाशित: Dec 08, 2024| 15:09 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्