बुधबार, साउन १३, २०८३

शपथपछि श्रीमती खुसी, के भन्छन् रेशम?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- रेशम चौधरीको शपथको समाचारले बिहीबार मुलुकलाई नै तरंगित बनायो। बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको निजि सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएपनि सभामुखको व्यस्तताका कारण शपथको समय सारियो दिउँसो तीन बजे। 

दिउँसो तीन बज्‍नुअघि नै काठमाडौंस्थित प्राय: सम्पूर्ण सञ्‍चारमाध्यमका प्रतिनिधि क्यामरासहित सिंहदरबार पुगे। डिल्लीबजारबाट रेशमलाई प्रहरीको भ्यानमा सिंहदरबार ल्याइयो। राजपाका शिर्ष नेता तथा सांसदहरु पनि सिंहदरबार पुगिसकेका थिए, रेशमको स्वागतका लागि। त्यही थिइन् रेशमकी श्रीमती र बालक छोरा। 

रेशम आउने सूचना पाएपछि सिंहदरबारको सुरक्षा थप कडा पारिएको थियो। कडा सुरक्षाका घेराबीच रेशमलाई प्रहरीको भ्यानबाट बाहिर निकालियो। प्रहरी भ्यानबाट बाहिर निस्किंदै गर्दा रेशमले हात उठाउँदै सबैलाई नमस्कार गरे। त्यतिबेलासम्म निकै ठूलो भिड सिंहदरबारमा जम्मा भइसकेको थियो। प्रहरीले भिड ठेल्दै कृषी, सहकारी तथा प्राकृतिक श्रोत समितको सभाहलमा लगियो। त्यही थियो रेशमको शपथको कार्यक्रम। 

केही समयमा सभामुख पुगे र शपथको कार्यक्रम सुरु भयो। मुद्दा विचाराधिन भएको बेला थुनामा रहेको व्यक्तिलाई शपथ ग्रहण गराएको संसदीय इतिहास मै यो पहिलो घटना हो। कैलाली नरसंहारको योजनाकारको अभियोगमा थुनामा रहेका व्यक्तिलाई ल्याएर शपथ गराएको भन्दै चौतर्फी आलोचना र विरोध भइरहेको थियो। 

सिंहदरबामा उपस्थित भिडको एक कुनामा रहेकी रेशमी श्रीमति र नाबालक छोराको अनुहारमा भने खुशी छल्किएको प्रस्टै देखिन्थ्यो। फरार रहेकै वारेसनामामार्फत प्रतिनिधि सभाको उम्मेदवारको मनोनयन दर्ता गराएका चौधरीले चुनावी मैदानमा नआएरै चुनाव जितेका थिए। 

चुनाव जितेको करिब एक वर्षपछि संसद भवनमा श्रीमान् रेशम चौधरीले शपथ ग्रहण गरिरहेको बेला उनकी श्रीमतीको अनुहारमा खुशी छाएको थियो। शपथ पछि उनलाई पार्टीका कार्यकर्ता तथा सांसदहरुले अविर तथा दोसल्ला ओढाएका थिए। 

थप पढ्‍नुहोस्, बेहुलाको पहिरनमा उपस्थित भएका रेशमलाई शपथलगतपछि प्रहरीले पहिलेकै भ्यानमा हालेर डिल्लीबजार कारागारतर्फ लग्यो। उनी अन्तिममा सञ्चारकर्मीसँग केही बोल्न खोज्दै थिए तर प्रहरीले उनलाई बोल्न रोक लगायो। रेशमलाई बोल्न प्रहरीले अवरोध गरेपछि सञ्‍चारकर्मीले रेशमकी श्रीमतीलाई घेरा हाले।

शपथ ग्रहणको बेला हँसिलो देखिएकी उनकी श्रीमती रेशमलाई लगिसकेपछि भने अनुहार मलिन बनाएकी थिइन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो श्रीमानलाई चाँडै छाड्ने विश्वास समेत व्यक्त गरिन्। उनले भनिन्, 'रेशम भन्नुहुन्छ- जसरी ३-४ वर्ष धैर्य गर्यौ, अझै गरौ राम्रो हुन्छ। म दोषि छु भने सजाय पाउँछु हैन भने न्याय पाउछु।’

उनले थपिन्, 'कैलालीबासी ३४ हजार बढीले मत दिएर उहाँलाई विजयी गरेर पठाउनुभयो। दोषी भए सजाय दिनुहोस्। निर्दोष भए न्याय दिनुपर्छ। ‘हामीले टिकापुरमा सद्‍भाव नै चाहेका हौं। कैलालीबासीहरुले मतदान गरेर रेशम जी निर्दोष भएको प्रमाणित गरि सकेकाछन्,’ उनले भनिन्। 


रेशम चौधरीले शपथकै क्रममा सञ्चारकर्मीसँग भने, ‘यो सपथ आज भयो,’ धेरै पहिले हुनुपर्थ्यो। उनले टिकापुरमा राजनैतिक आन्दोलन भएको र सोही आन्दोलनका क्रममा सात जनाले सहादत प्राप्त गरेको बताएका थिए। 'त्यही स्थानबाट ३१ हजार ३४१ मत ल्याएर म विजयी भए', रेशमले भने।

टिकापुर घटनाको विषयमा अझै गहिरिएर अध्ययन नगरेको रेशमको आरोप छ। ‘मैले त्यस ठाँउमा गरेको उदाहरणीय कामले विजयी भएको हुँ। मलाई लगाएको आरोप रिसीबीको कारण साँधेको हो,’ उनले भने।

घटना गहन अनुसन्धान गरेर न्यायालयले न्याय दिनुपर्ने रेशमको माग छ। नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा गोर्खा दक्षिणबाहु पुरस्कार पाएका रेशमले भने ‘राजनैतिक दुर्घटनाको निवारण रजनैतिकबाटै हुनुपर्दछ।’ 

टीकापुर घटना सामाजिक संजालमा जिस्क्याउने घटना नभएको पनि उनले बताए। यो वर्गीय र जातियता भावनालाई ठेस पर्ने घटना भन्दै अझै सयौं साथीहरु निर्वासित र जेलमा भएको उनले बताए।

‘हामी न्यायलयबाट न्याय चाहन्छौं। साढे तीन वर्ष भयो पुर्पक्षको लागि थुनामा छौं,’ उनले भने ‘हाम्रै कानूनले भन्छ पुर्पक्षको लागि एक वर्षभन्दा बढी राख्नुहुदैन।’

१९ वर्षको उमेरमा अमेरिका छोडेर टिकापुरमा फर्केको रेशमले भने, ‘काठमाडौंमा नबसेर टिकापुर आफ्नै ठाँउमा गएको हुँ। त्यही बस्तीबाट माननीय हुँदै सांसदसम्म बन्न पुगे। तर, सरकारले मेरोलागि संसद्को ढोका बन्द गरेको छ। जनमतको कदर गर्दै न्याय दिनुपर्छ।'

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।