बुधबार, साउन १३, २०८३

लागूऔषध कारोबारीको 'हब' बन्दै नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- धादिङको गजुरी गाउँपालिका-१ गजुरीबाट चितवन हुँदै भारततर्फ लैजाँदै गरेको दुई सय ३५ केजी चरेससहित बिहीबार भारत उत्तर प्रदेशका सतेन्द्रसिंह वेगाल र पर्सा सोनवर्षा-५ का लालमोहम्मद गाद्धी पक्राउ परे।

नेपालबाट भारततर्फ ठूलो परिमाणमा चरेस तस्करी भइरहेको सूचना पाएपछि खटिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सूचना पाएपछि ब्युरोबाट २५ जनाको टोली अपरेसनमा खटिएको थियो । टोलीले बिहीबार बिहान ३ बजे उक्त परिमाणको चरेस बरामद गरेको होो ।

उनीहरूले उक्त चरेस भारतीय नम्बर प्लेट एचआर-३८ एस–९३७१ को कन्टेनरमा फल्स बटन बनाई लुकाई छिपाई भारततर्फ लैजाँदै थिए । पक्राउ परेका सतेन्द्र लागूऔषध ओसारपसार गरेको आरोपमा भारतमा पक्राउ परी तीन वर्ष जेल परेर गत मार्चमा रिहा भएका थिए । पर्साका मोहम्मद लागूऔषध कारोबारीका रुपमा नेपाल प्रहरीको मोस्ट बान्टेड सूचीमा थिए।

यसरी हुन्छ लागूऔषध उत्पादन र तस्करी

भारतीय लागूऔषध कारोबारी र तस्करहरुले नेपालाई हबका रूपमा प्रयोग गरिरहेका छन्। दर्गुम जिल्लाका बाँझो र खेतीयोग्य जमिन महँगो मूल्यमा भाडामा लिने र गरिब तथा विपन्न व्यक्तिलाई प्रयोग गरी गाँजा, अफिमलगायत लागूऔषधको खेती गरिँदै आएको प्रहरी अनुसनधानबाट खुलेको छ।

नेपालका कतिपय दुर्गम स्थानमा पछिल्लो समय खेतीपाती हुँदैन। भारतीय लागूऔषध व्यापारीले त्यस्ता बाँझो जग्गा कठ्ठाको १२ हजारदेखि २० हजारसम्म वार्षिक भाडामा लिन्छन् र दुर्गममा बस्ने कामदारलाई दैनिक २ हजारसम्म ज्याला दिएर चैतदेखि जेठसम्म गाँजालगायत अफिम खेती गर्छन्। प्रहरी अनुसन्धानले नेपालमा लागूऔषध खेतीका लागि बिउ, अन्य कच्चा पदार्थसहित लागूऔषध कारोबारी आफंै आउने गरेको खुलेको छ। तयारी गाँजा, चरेस, अफिमलगायत लागूऔषधको प्याकिङसम्म नेपालीलाई गराउने र नेपाली भरियाकै प्रयोग गरी गाडीसम्म ल्याउने गरेको पाइएको छ।

कहाँ हुन्छ लागूऔषध उत्पादन ?

२०४१ सम्म नेपालमा गाँजा खेती वैधानिक रूपमा हुने गरेको थियो। लागूऔषध सम्बधी अन्तर्राष्ट्रिय सन्धिमा नेपालले हस्ताक्षर गरेपछि यसको उत्पादनमा प्रतिबन्ध लाग्यो। पछिल्लो समयमा पहाडी दुर्गम जिल्लामा लागूऔषधको खेती हुँदै आएको छ। नेपालमा सबैभन्दा धेरै गाँजाखेती हुने जिल्लामा मकवानपुर, धादिङ र सिन्धुली पर्दछन्। अफिम उत्पादन रुकुम, रोल्पा, कालिकोट, डोल्पा, जुम्ला र बझाङमा हुँदै आएको ब्युरोको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।