आइतबार, असार २९, २०८२

उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध : मन्त्री पाण्डे

 |  शनिबार, मंसिर २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २२, २०८१

vianetvianet

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए।

उनले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताए।

यस वर्ष ‘दिगो भविष्य: आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै छ।

प्रकाशित: Dec 07, 2024| 14:36 शनिबार, मंसिर २२, २०८१
प्रतिक्रिया दिनुहोस्