शनिबार, माघ १०, २०८२

प्राइम बैंकको ५ प्रतिशत नगद लाभांश अनुमोदन

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ। बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपयाँ रहेको छ।

National life

आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभामा अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याएको जानकारी दिए।

बैंकले सञ्चालन मुनाफामा पनि गत वर्षभन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गर्नुका साथै यसले दीर्घकालीन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिनसक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गरिरहेको अध्यक्ष श्रेष्ठले बताए। आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको पनि अध्यक्ष श्रेष्ठले बाए।

साधारणसभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकुल परिस्थितिका बावुद निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैह्रकोषमा आधारित अन्य आम्दानीमा पनि उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी दिए।

प्रकाशित: Dec 05, 2024| 16:38 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्