बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा र सीसीपिट अटोबीच नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धन सम्झौता

नाडा र सीसीपिट अटोबीच नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धन सम्झौता

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सीसीपिट अटो) ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्य प्रवर्द्धन गर्ने समझदारी गरेका छन्।

National life

दुई पक्षबीच अटोमोबाइल व्यापार थप मजबुत बनाउन समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा यस्तो सम्झौता भएको हो। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थिति थियो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा नाडा र सीसीपिट अटोले ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ।

नाडाले भनेको छ, ‘व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ।’

Shivam cement

सम्झौताअन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ। त्यस्तै सीसीपिट अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ।

यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह समेत गठन गरिने भएको छ। यसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ। दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम हो ।

प्रकाशित: Dec 05, 2024| 13:52 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्