युके- नेपाली समाजमा सभ्यताको विषय उठ्दा प्राय विदेशको उदाहरण दिने गरिन्छ। तर, युकेजस्तो सभ्य मानिएको देशमा पनि एक अनौठोे घटना घटेको छ। ट्रेनको ट्वाइलेटमा फलस राम्रोसँग हुन सकेन।
भर्जिन ट्रेनले आधिकारिक रूपमै, ट्रेनका यात्रुहरूलाई ट्वाइलेटको प्रयोगमा गम्भीर हुन आदेश दिएको छ।
कारण थियो, ट्वाइटेलको पाइपमा भएको ब्लकेज। ट्वाइलेटको मर्मतपछि महिलाको भित्री बस्त्र भेटियो जसका कारण फलस हुन नसकेको पत्ता लाग्यो।
भर्जिन ट्रेनका फिलिट एन्ड इन्जिनियरिङ्गका प्रमुख माइकल ज्याकका अनुसार महिलाको भित्रि बस्त्र भेटिनु केही हास्यास्पद नै रहेपनि असामान्य भएको बताए।
उक्त ट्रेनको चारै वटा ट्वाइलेटमा ब्लकेजको समस्या थियो। ९० प्रतिशत ब्लकेजको कारण भने अनुहार पुछिने वाइपर्स रहेका छन्। फलसयोग्य रहेका वाइपरहरू पनि ट्वाइलेटमा फलस नभई अड्किएका थियो।
यसका साथै ग्लास, विवाहमा औठी, फुटबल स्कार्फ, बच्चाहरूका डाइपरजस्ता अन्य सामानहरू पनि भेटिएका छन्। यस्ता ‘ब्लकेज’ कारण प्लम्बिङ्गमा पनि समस्या आउन थालेको इन्जिनियर प्रमुख माइकल ज्याकले बताए।
वर्षिक रूपमा एक हजार असी पाउन्ड ट्वाइलेट मर्मतमा लाग्न थालेको छ । ट्वाइलेटमा फलसको ‘थ्री पि’ अर्थात - पि (पिसाब) पु (दिशा) र पेपर का लागि मात्र प्रयोग गर्ने भर्जिन ट्रेनले सूचना दिएको छ ।
ट्रेनमा हुने डस्टबिनको प्रयोगको लागि पनि टे«नले अनुरोध गरेको छ। साथै, भर्जिन ट्रेनले नै विभिन्न चेतनामुलक कार्य पनि गर्न थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४