बुधबार, जेठ २०, २०८३

प्रधानमन्त्री नेतृत्वको टोली आज स्वदेश फर्किदै

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिन लामो औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा  मङ्सिर १७ गते चीन गएको प्रधानमन्त्री ओली नेतृत्वको टोली आज स्वदेश फर्कन लागेको हो।  ओली नेतृत्वको टोली दिउँसो काठमाडौं आइपुग्ने कार्यतालिका छ। 

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Dec 05, 2024| 08:20 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्