शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफ इन्स्योरेन्स वीमेन्स फोरमद्वारा लैंगिक हिंसासम्बन्धी कार्यक्रम आयोजना

सिटिजन लाइफ इन्स्योरेन्स वीमेन्स फोरमद्वारा लैंगिक हिंसासम्बन्धी कार्यक्रम आयोजना

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो।

National life

यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरू माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको हो।

अहिले विश्वव्यापी रूपमा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शुक्रबारको दिन कम्पनीको प्रधान कार्यालयमा “हामी सबैको प्रतिबद्धता स् लैङ्गिक हिंसा अन्त्यको ऐक्यबद्धता” को विषयमा कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिती रहेको थियो।

अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा, र व्यावसायिक संस्थाहरूले अपनाउनु पर्ने कानुनी व्यवस्थाबारे विस्तृत रूपमा प्रशिक्षित गरिन्। उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता भएर काम गर्न अर्याल ज्यूले प्रोत्साहन समेत गरिन्।

फोरमकी संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लैङ्गिक हिंसाको पीडितलाई आवाज उठाउन अनुरोध गरिन्। त्यस्तै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनाए।
---

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Dec 04, 2024| 16:58 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्