शनिबार, माघ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफ इन्स्योरेन्सले समता फाउन्डेसनलाई दियो १० लाख रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्सले समता फाउन्डेसनलाई दियो १० लाख रुपैयाँ

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ प्रदान गरेको छ।

National life

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेललाई एक समारोहका बीच उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ​रकम सहयोग गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० रुपैयाँ शुल्क लिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तहसम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनको संस्थापकलगायत व्यवस्थापनलाई धन्यवाद दिए। शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा एक कोसेढुङ्गा हुने उनले बताए।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्ने बताए।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्‍याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको उनले बताए।

Laxmi sunrise bank
kumari

कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरू अध्ययन गर्दै आएको जानकारी दिए।

हालसम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षय कोषको निर्माण गर्दै अनवरत रूपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने उनले बताए।

नेपाल लाइफले प्रदान गरेको रकम अक्षय कोषमा रहने र त्यसको आम्दानीबाट विद्यालय सञ्चालन गरिने उनले जानकारी दिए।

 

प्रकाशित: Dec 04, 2024| 16:58 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्