शुक्रबार, पुस २५, २०८२

रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

National life

वीरगञ्ज महानगरपालिका–६ स्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सानो पाइलाबाट गोर्खा मिडियामा साढे ८ करोड रूपैयाँ लगेर अपचलन गरेको देखिएको छ। त्यसबेला गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशक थिए।

लामिछानेसँगै छविलाल जोशी, जीबी राईसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत पर्साले पक्राउ अनुमति दिएको छ। गत कात्तिक २ मा काठमाडौंमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ। त्यसअघि उनको बयान कास्की, रुपन्देही र काठमाडौंमा भइसकेको छ।

प्रकाशित: Dec 04, 2024| 16:22 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्