शनिबार, माघ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफले कर्णालीका अभिकर्तालाई गर्‍यो सीईओ क्लब सदस्यबाट सम्मान

नेशनल लाइफले कर्णालीका अभिकर्तालाई गर्‍यो सीईओ क्लब सदस्यबाट सम्मान

 |  बुधबार, मंसिर १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १९, २०८१

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ।

National life

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सुर्खेतमा सम्पन्न सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेश कार्यालयका शाखा प्रमुखको सहभागिता थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गर्दै प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका छन्।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्णालीमा राम्रो सम्भावना रहेको बताउँदै अभिकर्ताहरूलाई व्यावसायिक रणनीति बनाई अघि बढ्न सझुाव दिए।

प्रकाशित: Dec 04, 2024| 16:17 बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्