सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

 |  मंगलबार, मंसिर १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

vianetvianet

बेइजिङ- चीनले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग दिने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग दिने घोषणा गरेका हुन्। 

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति चिनपिङबीच बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट भएको थियो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको नेपाल भ्रमणको निम्तो पनि दिएका थिए। चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।

त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए। भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। जवाफमा चिनियाँ प्रधानमन्त्री लीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताएको प्रवक्ता ढकालले जानकारी दिए।

प्रकाशित: Dec 03, 2024| 20:29 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्