मंगलबार, कात्तिक १८, २०८२

हवाई भाडा बढ्यो 

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ। 

Kumaribank

हवाई इन्धनको साविक मूल्य १ सय २६ मा निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन्। यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको हो।

बढेको फ्युल सरचार्ज बुधबारदेखि लागू गर्न प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, समिट, तारा र सीता एयरलाइन्सलाई मंगलबार पत्राचार गरेको छ।

निगमले हवाई इन्धनको मूल्य थपघट गर्दा वायुसेवा कम्पनीहरुले त्यो मूल्यअनुसार फ्युल सरचार्ज हेरफेर गर्ने गर्छन्।

प्रकाशित: Dec 03, 2024| 18:28 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्