सोमबार, मंसिर २९, २०८२

अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज

 |  मंगलबार, मंसिर १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। 

National life

सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्ले यो वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल  नेतृत्व यसको आधार’ राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन्। दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति वञ्चित छन्। 

उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको २.२प्रतिशत अर्थात् ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति छन्। जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये ३.१ प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन्। अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५०.१ प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो।

प्रकाशित: Dec 03, 2024| 06:51 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्