सोमबार, असार २३, २०८२

सेयर बजारमा साढे १० अर्बको कारोबार

 |  सोमबार, मंसिर १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

vianetvianet

काठमाडौं- आज सोमबार सेयर बजार परिसूचक नेप्से १९.९७ अंक बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २७५८ बिन्दुमा कायम भएको छ।

आज कारोबार रकमले पनि साढे १० अर्ब नाघेको छ। हिजो ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको कारोबार भएको हो। १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो।

अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।

हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटे ।

विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्‍गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढ्यो ।

नेपाल फाइनान्सको ८.७, गुराँस लघुवित्तको ७.७, विन नेपाल लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो।

प्रकाशित: Dec 02, 2024| 15:21 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्