बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वाइडबडी घोटालाबारे प्रधानमन्‍त्रीले संसदमा जवाफ दिने

वाइडबडी घोटालाबारे प्रधानमन्‍त्रीले संसदमा जवाफ दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले वाइडबडीमा भएको घोटला बारे मुख खोल्ने भएका छन् ।

अहिलेसम्म औपचारिक कार्यक्रममा समेत यो विषयमा नबोलेका प्रधानमन्त्री ओलीले बिहीबार संसदलाई सम्बोधन गर्दै वाइडबडी घोटलाका विषयमा बोल्ने भएका हुन् ।

दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । सम्बोधनमा अहिले सबैभन्दा बढि चर्चा रहेको वाइडबडी घोटाला काण्डका बारेमा उनले धारणा राख्ने बताइएको छ । 

बुधबारमात्रै छानविन उपसमितिले वाइडबडी खरिदका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व दुई मन्त्री जीवबहादुर शाही र जितेन्द्रनारायण देवसहित सात जनालाई मुख्य दोषी ठहर्याएको छ । उनीहरुमाथि कारबाही गर्न उपसमितिले सिफारिस समेत गरेको छ ।

संसदीय छानविन समितिले नै ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले अनियमितता गरेको ठहर गरेपछि उनले यो विषयमा मुख खोल्न लागेका हुन् । आजको सम्बोधनमा प्रधानमन्त्रीले यो विषयसँगै समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे बोल्ने बताइएको छ। 

संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रक छ। पछिल्लो समय सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि रहँदै आएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।