शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • केएल टावर ‘रमाइलो दसैंतिहार उपहार योजना’मा फुर्वा शेर्पाले जिते हिरोको जुम स्कुटर

केएल टावर ‘रमाइलो दसैंतिहार उपहार योजना’मा फुर्वा शेर्पाले जिते हिरोको जुम स्कुटर

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौं- चाबहिलस्थित केएल टावरले दसैँ तिहारको अवसरमा आयोजना गरेको ‘रमाइलो दसैँ तिहार उपहार योजना’मा सहभागी फुर्वा शेर्पाले हिरोको जुम स्कुटर जितेका छन्। शनिवार आयोजित एक समारोह बीच विजेताको नाम घोषणा गरी उपहार हस्तान्तरण गरिएको हो।

National life

गत असोज १३ देखि कार्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजनाअन्तर्गतको बम्पर उपहार कुपन नम्बर ६९३९ का फुर्वा शेर्पाले जितेका हुन्। शेर्पालाई सीजी मोटर्सका सिनियर म्यानेजर प्रदीप पालले स्कुटरको चाबी हस्तान्तरण गरे।

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ। केएल टावरका प्रमुख कार्यकारी अधिकृत रमेश कक्षपतिले विजेताहरूलाई उपहार हस्तान्तरण गरेका थिए।

बम्पर उपहार विजेता थापालाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका सिनियर म्यानेजर पालले ब्रान्ड प्रवर्धनमा केएल टावरसँग गरिएको सहकार्य फलदायी भएको बताए।

यस्तै, केएल टावरका प्रमुख कार्यकारी अधिकृत कक्षपतिले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा केएल आटवरको व्यापार प्रवर्धनका लागि उपहार योजना सञ्चालन गरिएको बताए। आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

सेलिब्रेसन अवधिमा केएल टावरमा करिब साढे दुई लाख उपभोक्ता पुगेकोमा १७ हजारभन्दा बढीले एक हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए।

प्रकाशित: Dec 02, 2024| 14:39 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्