शनिबार, पुस ५, २०८२

लक्ष्मी सनराइज क्यापिटलको लाभांश प्रस्ताव पारित

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौं- लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा आज मंसिर १६ गते आइतबारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा भब्यताका साथ सम्पन्न भएको हो।

National life

आ.व. २०८०/८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८,८९,००,००० रूपैयाँ कायम भएको छ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१/८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्बन्धमा निर्णय गरिएको छ।

साथै, मर्जर पश्चात आ.व. २०८०/८१ को एकीकृत वासलात बमोजिम प्रति सेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् ७,७१,९४,७३६.८० (१५ % कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको छ।

तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ। हाल २० वटा कम्पनीहरुको सेयर निष्काशनको क्रममा रहेको छ।

Laxmi sunrise bank
kumari

कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ।

कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा मिति २०८१/०२/२८ मा १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सोका ईकाइधनीहरुलाई रु ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको। वाँकि ५ वटा योजनाले आ.व. २०८०/८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ।

विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरुबाट करिब ४० करोड संकलन गरिसकेको, बाँकी रकम चालु आ.व. मा संकलन गर्ने लक्ष्यरहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: Dec 02, 2024| 14:37 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्