उदयपुर, त्रियुगा नगरपालिका-९ गैरूनस्थित सडकमा स.८ प ६६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ देउरी बस्ने वर्ष ३५ वर्षीय इन्द्र देव चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ, बेलबारी नगरपालिका-८ एमआई क्रसरस्थित सडकमा को.२ त ७५४८ नम्बरको ट्याक्टर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सुन्दरहरैँचा नगरपालिका-७ गछिया बस्ने २५ वर्षीय राजु तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
सर्लाही, धनकौल गाउँपालिका-१ छठीघाटस्थित सडकमा प्र.२-०२-००४ प ६८१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बसमतिया देवीको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको ह्याप्पी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-१ बैरिया बुद्धचोकस्थित सडकमा लु.१ ज ३०६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६१ वर्षीय पशुपति थापाको आइतबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ, गढवा गाउँपालिका-३ धैरेनीस्थित सडकमा रा.६ प १७६२ नम्बरको मोटरसाइकल र लु.६६ प ३८१५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा रा.६ प १७६२ नम्बरको मोटरसाइकलमा सवार लमही नगरपालिका-३ मझगाउँ बस्ने ५० वर्षीय राज बहादुर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्सा, वीरगंज महानगरपालिका-१३ स्थित सरिसवा पुलमा हाल नम्बर नखुलेको सवारी साधनले प्र.२-०३-००४ प ५६१४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
सिन्धुली, दुधौली नगरपालिका-१४ परासे बस्ने चक्र सुनुवारको छोरा ४ वर्षीय सरोज सुनुवारको आफ्नो घर नजिकै पार्किङग गरी राखेको स.१ त ७९९८ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको विराट टिचिङ्ग हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।