आइतबार, मंसिर २८, २०८२

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गर्दैछन्। चार दिने भ्रमणका लागि ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ।

National life

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा चीन प्रस्थान गर्नेछन्। सरकारी भ्रमण टोलीमा ३९ जना हुनेछन् भने ४७ जना व्यापारिक क्षेत्रबाट रहेका छन्। प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समयअनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ। सोही वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै, सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन सोही दिने गर्नेछन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्ने तालिका छ। 
 

प्रकाशित: Dec 01, 2024| 18:27 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्