काठमाडौं- सिराहा, धनगढीमाइ नगरपालिका-९ मुस्हरनियास्थित कुखुरा फर्म नजिकै भारत मधुवनि ग्राम पंचायत लक्ष्मीपुर बस्ने ७२ वर्षीय जिन्सा यादव आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, ग्रामथान गाउँपालिका-७ नेताचोकस्थित सडक छेउको नालीमा सोही गाउँपालिका-६ बस्ने ६९ वर्षीय झल्लुराम माझी चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-१३ मनकामना टोल बस्ने २६ वर्षीय अशोक चौधरी सोही उपमहानगरपालिका-१३ स्थित बहरा क्षेत्र सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, गोदावरी नगरपालिका-६ लप्सेस्थित टहरा बनाई बस्ने मकवानपुर घर भएका ६५ वर्षीय पुड्के घलान सोही टहरा नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ सखुवास्थित कोशी नदीको छेउमा जमेको पानीको खाल्डोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ११ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।