बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो ‘मुक्तिनाथ फाइदा’ एप

मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो ‘मुक्तिनाथ फाइदा’ एप

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

काठमाडौ- मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैकिङ्ग सेवाको स्तरवृद्धि गरी थप सेवासहितको ‘मुक्तिनाथ एफएआईडीए’ एप सञ्चालनमा ल्याएको छ।

National life

मुक्तिनाथ फाइदा एप सञ्चालनपछि ग्राहकहरूले एउटै माेबाइल फाेनबाट अनेक फाइदा लिनसक्ने बैंकले विश्वास लिएको छ।

यो एप डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकाले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकले गर्ने सुरक्षित कारोबारका लागि सुरक्षा प्रश्नहरू राख्नुका साथै डिभाइस ग्राहकको भए नभएको पहिचान गर्ने सुविधा भएकाले अनधिकृत व्यक्तिको पहुँच नहुने बैंकको भनाइ छ।

बैंकका अनुसार मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्ने गरी एपमा व्यवस्था मिलाइएको छ।

Shivam cement

यसका साथै विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नवीकरण, ई–कमर्स कार्ड, भाषा छनौट, विदेशी मुद्रा विनियमदर, ब्याजदरलगायतका सुविधा एपमा थप गरिएको बैंकले जनाएको छ।

साथै बैंकले विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत ईकाइहरू बिक्रीमा ल्याउने भएको छ।

यो कोषको प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित: Dec 01, 2024| 15:40 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्