शनिबार, पुस ५, २०८२

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

काठमाडौं- एनसेल लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजक बनेको छ। दूरसञ्चार कम्पनी एनसेल नेपाल प्रिमियर लिग (एनपीएल)को टिम लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजक बनेको हो।

National life

आइतबार एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स क्लबका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जब्बर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापत्रमा हस्ताक्षरपछि आइतबार नै एनसेल लेखिएको लुम्बिनी लायन्सको नयाँ जर्सी पनि सार्वजनिक गरिएको छ। हस्ताक्षर कार्यक्रममा एनसेल सिईओ जब्बरले लुम्बिनी लायन्सको टाइटल स्पोन्सर बन्न पाउँदा खुसी व्यक्त गरे। सिईओ जब्बरले लुम्बिनी लायन्सले पहिलो एनपिएल जित्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा लुम्बिनी लायन्स क्लबका अध्यक्ष इश्वर जिसीले दुई पक्षबीचको साझेदारले लुम्बिनी प्रदेश तथा समग्र क्रिकेट विकासमा योगदान पुग्ने धारणा राखे।

कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए।

Laxmi sunrise bank
kumari

यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ।

यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ। हिजोदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी।यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ।

यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोलेयो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ।

 

प्रकाशित: Dec 01, 2024| 15:39 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्