शनिबार, पुस ५, २०८२

सिद्धार्थ बैंक र एनसीएचएलबीच सम्झौता

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

काठमाडौं- सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच बैंकले दर्ता गरेका नेपाल पे मर्चेन्टहरूको क्युआरमा अली पेको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरूमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ।

National life

विशेषगरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटलीलगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

अली पेको नेटवर्क अली पे चाइना, ओसिबिसी, चाङगीपे, जिक्यास, अली पे एच के, हाई पे, काकाओपे, टोस पे, नाभिर पे, टीएनजीडी, पिबीबी, ट्र मनी, एमपे, टिनबाटमार्फत अन्तरदेशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ। यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकाले, नेपाल आउने पर्यटकहरूलाई सहजता पुर्याउनेछ भने यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेस्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिई आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउनेछ।

यो सम्झौताले आगामी दिनहरूमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ। सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्तरूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापीरूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 01, 2024| 15:37 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्