सोमबार, असार २३, २०८२

नोभेम्बरमा भित्रिए १ लाख १४ हजार पर्यटक

 |  आइतबार, मंसिर १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

vianetvianet

काठमाडौं- सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो महिना एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

गत वर्ष नोभेम्बरमा एक लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए। सन् २०२१ को नोभेम्बरमा २६ हजार १३५ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए।

यो महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन्। सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ९ हजार ४५८ जना पर्यटक नेपाल आउँदा अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन्।

बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना आएका छन्। अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

यो तथ्यांक हवाई मार्ग हुँदै भित्रिएका विदेशी पर्यटकको मात्र हो। स्थलमार्ग भएर भित्रिएका भारतीय तथा तेस्रो देशका पर्यटकको संख्या यसमा समावेश छैन।

 

प्रकाशित: Dec 01, 2024| 14:32 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्