बुधबार, जेठ २०, २०८३

झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुंगे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ।

National life

प्रहरीका अनुसार आज बिहान ९:५० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो। पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन्।

सबैको शव निकालिएको र शवको पहिचान पनि गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका-३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन्। उनीहरू आफन्त र एकै गाउँ निवासी हुन्।

पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए। घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ।

 

Shivam cement

प्रकाशित: Dec 01, 2024| 13:30 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्