बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जडिबुटीमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

जडिबुटीमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

 |  आइतबार, मंसिर १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१
National life
Shivam cement

काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ।

सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो।

मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 01, 2024| 12:27 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्