सोमबार, असार ३०, २०८२

गुरुकुल चलाउन अक्षयकोष स्थापना

 |  आइतबार, मंसिर १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

vianetvianet

पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढंगले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु. ३० लाख दाखिला पनि भएको छ ।

विभिन्न संघसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा  रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिए। अक्षयकोषमा कम्तीमा रु एक करोड पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु १० लाख, धनबहादुर थापाले रु एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु ५१ हजार १११,  वासुदेव  तिवारीले रु ५० हजार, खगराज अधिकारीले रु ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार प्रदान गरेका छन्।

 

प्रकाशित: Dec 01, 2024| 10:46 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्