शनिबार, पुस ५, २०८२

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

 |  शनिबार, मंसिर १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

काठमाडौं- पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो।

National life

त्यस्तै आन्तरिक हवाई इन्धनमा २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निमगले जनाएको छ।

खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ।

प्रकाशित: Nov 30, 2024| 20:29 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्