बुधबार, मंसिर २४, २०८२

जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशतमात्र विकास खर्च

 |  शनिबार, मंसिर १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

जुम्ला- जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च भएको छ।

National life

जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको विकास बजेटमा पहिलो चौमासिकका लागि तीन अर्ब पाँच लाख ९५ हजार रूपैयाँ छुट्याइएकोमा जम्मा १२ दशमलव ७१ प्रतिशत अर्थात् ४० करोड ६९ लाख २१ हजार चारसय २७ रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख हंशराज खनालले जानकारी दिए।

उनले भने, 'असारे विकासमा मोटो रकम निकासा हुनु पुरानै रोग हो। देशभर दोस्रो चौमासिकबाट काम सुरु हुने भए पनि जुम्लालगायत हिमाली जिल्लामा दोस्रो चौमासिकमा चिसोका कारण विकास निर्माणका काम सुरु गर्न मुस्किल हुन्छ।'
 
पहिलो चौमासिक कामका निम्ति उपयुक्त समय भए पनि बजेट निकासा, कार्यान्वयनलगायतका कयौँ कठिनाइ हुन गरेका छन्। यस्तो अवस्थामा विगतका वर्षहरूझैँ यो वर्ष पनि जुम्लाको पहिलो चौमासिकमा विकास निर्माणका निम्ति गरिएको खर्च निराशाजनक रहेको कार्यालय प्रमुख खनालको भनाइ छ।

जिल्लामा संघअन्तर्गतका ३१ वटा सरकारी कार्यालयको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत निकासा हुने गरेको छ। यहाँका आठवटै स्थानीय तहलाई विनियोजन गरिएको संघीय अनुदानको बजेट कार्यालयले निकासा दिने गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत जिल्लाका अरु पाँचवटा अनुसन्धान केन्द्रहरू समेत कार्यालयकै मातहतमा पर्ने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खनालले बताए। 

पहिलो चौमासिकका निम्ति कुल पाँच अर्ब २८ करोड ८९ लाख ७० हजार रूपैयाँमध्ये चालु खर्च निकासा भएकोमा २९ दशमलव ४० प्रतिशत अर्थात् एक अर्ब ५५ करोड ४९ लाख ९८ हजार रूपैयाँ खर्च भएको छ। चालु र पुँजीगत गरी जम्मा २३ दशमलव ११ प्रतिशत खर्च भएको प्रमुख खनालको भनाइ छ। 

Laxmi sunrise bank
kumari

पहिलो चौमासिकमा सम्झौता भएका ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई केही मात्रामा पेश्की रकम मात्रै निकासा गरिने भएको हुनाले खर्च कम देखिएको कोष तथा लेखा नियन्त्रण कार्यलयले जनाएको छ। प्रदेशअन्तर्गत जुम्लामा १४ वटा कार्यालय रहेका छन्। सो कार्यालयको निकासा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्छ। 

चालु आव २०८१/८२ को पहिलो चौमासिकमा चालु खर्चका निम्ति ७१ करोड ३१ लाख रूपैयाँ निकासा भएकोमा १७ दशमलव ७२ प्रतिशत अर्थात् १२ करोड ६३ लाख रूपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नन्दप्रसाद पाण्डेले जानकारी दिए। रासस

प्रकाशित: Nov 30, 2024| 21:01 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्