बुधबार, जेठ २०, २०८३

दुई करोड ४३ लाखको लागतमा तयार भयो खानेपानी आयोजना

 |  शनिबार, मंसिर १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

गुल्मी- दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ। लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुर्‍याइएको हो।

National life

पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत ६५ लाख रूपैयाँ, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको ९७ लाख ४८ हजार रूपैयाँ, नेपाल विद्युत् प्राधिकरणमार्फत ४३ लाख ९० हजार रूपैयाँका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान ३७ लाख ५० हजार रूपैयाँ गरी कुल दुई करोड ४३ लाख ८८ हजार रूपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो।

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एकसय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिए।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो।

पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताए। रासस

Shivam cement

प्रकाशित: Nov 30, 2024| 19:01 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्