बुधबार, जेठ २०, २०८३

मुगुको लिब्रूमा पुग्यो गाडी

 |  शनिबार, मंसिर १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

मुगु- मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन्।

National life

सोरु-४ लिब्रू गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका हुन्। मुगु-हुम्ला लिंक सडकअन्तर्गत सोरुको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलोपटक लिब्रू गाउँमा गाडी पुगेको हो।

गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयले बताएका छन्।

यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमको करिब दुई करोड रूपैयाँ लगानीमा सडक निर्माण भएको जनाइएको छ। सोरुकोट-मसिनमेला हुँदै लिब्रू सडकको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

गाउँपालिकामा रहेका ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा-बस्तीमा सडक सञ्जाल जोडिएको छ। हरेक वडा-बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्य बमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने पनि अध्यक्ष शाहीले बताए। उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरसँग  जोडिने छ।

Shivam cement

सोरुकोट-मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभइ हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायाताका क्षेत्रमा सहज हुने भएको छ। रासस

प्रकाशित: Nov 30, 2024| 17:01 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्