सोमबार, वैशाख २१, २०८३

त्रिपुरासुन्दरी नगरपालिका- १० स्थित लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

 |  शनिबार, मंसिर १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१

डोल्पा- यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।

National life

स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो।

आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा २ पटक भिटामिन ‘ए क्याप्सुल’ ९० प्रतिशत भन्दा बढी वितरण गरेको र १२ देखि ५९ महिनाका बालबालिकाहरूले जुकाको औषधि वर्षमा दुई पटक ९० प्रतिशत भन्दा बढी पाएको लगायतका सूचक पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिए पनि बालिकाहरुमा पोषणको कमी आउन नदिन कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले बताए।

बालबालिकालाई पोषणमा कमी आउन नदिन विश्व खाद्य कार्यक्रम तथा एमडीआई नेपालले बाल स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट पोषणयुक्त पिठो वितरण गर्दै आइरहेको छ।

प्रकाशित: Nov 30, 2024| 12:01 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्