बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : प्रधानमन्‍त्रीले वाइडबडीको रौँ-रौँ केलाउने !

आजका अखबार : प्रधानमन्‍त्रीले वाइडबडीको रौँ-रौँ केलाउने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले गरेको छानविनका क्रममा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको पत्ता लगाएको हो ।

छानविन उपसमितिले वाइडबडी घोटाला प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनालाई मुख्य दोषि देखाएको छ । जसमा दुईजना पूर्व  पर्यटनमन्त्री, दुई जना सचिव, एकजना पूर्व सचिव र नेपालवायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार रहेका छन् । 

यसैविषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले वाइडबडीबारे संसदीय उपसमितिको ठहरः ४ अर्ब ३५ करोड अनियमितता शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले सवा ४ अर्ब नोक्सान ठहरः मन्त्री, सचिव र कर्मचारीलाई कारबाही सिफासि शीर्षकमा खबर लेखेको छ ।

अन्नपूर्णले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग प्रतिकृया समेत लिएको छ । मन्त्री अधिकारीले प्रतिवेदन जुन ढंगले आएको छ, त्यसमा अचम्मित छु भनेर प्रतिक्रिया दिएका छन् । 

आजको नयाँ पत्रिकाले भने प्रधानमन्त्री  केपीशर्मा ओलीले वाइडबडी घोटाला काण्डको रौँ रौँ चिर्ने भनि दिएको प्रतिक्रयालाई प्राथमिकताका साथ छापेको छ । एयरबस प्रकरणमा प्रधानमन्त्रीः रौँ-चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस् शीर्षकमा खबर प्रकाशित छ । उनले सम्पूर्ण कुरा बाहिर आउने गरि घटनाका विषमा जरैदेखि अध्ययन गर्ने प्रतिवद्धता जनाएको समाचारमा उल्लेख छ । 

यसैगरि नयाँ पत्रिकाले गोविन्दराज जोशीको भ्रष्टाचारको मुद्दा सर्वोच्चमा ४४ पटक पेसी सरेको विषयलाई मुख्य समाचार बनाएको छ । गोपाल पराजुली, दीपकराज जोशी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि जोशीको मुद्दा हेर्ने फुर्सद नभएको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले भने मुलुकमा लगानीको वातावरण नबनेको र नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वरिष्ठ न्यायाधीश दीपकराज जोशीको पेसी खोसेको विषयलाई मुख्य समाचार बनाएको छ । जोशीका विषयमा राणा कठोर बनेर प्रस्तुत भएका छन् । उनले सिधैँ जोशीलाई अब मुद्दा हेर्न दिन नसकिने बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।