बुधबार, जेठ २०, २०८३

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने

 |  शनिबार, मंसिर १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १५, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ। 

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ।
 
ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो। ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। 

प्रकाशित: Nov 30, 2024| 08:41 शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्