शनिबार, वैशाख ६, २०८२

मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने

 |  शुक्रबार, मंसिर १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

vianetvianet

काठमाडौं- निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम  बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ।

triton college

मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी ‘अपडेट’ लिन सकिने आयोगका प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।

यही मङ्सिर १६ गते आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन हुँदै छ।

आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म तोकिएका केन्द्रमा मतदान हुनेछ। मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ।

प्रकाशित: Nov 29, 2024| 21:01 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्