बुधबार, साउन १३, २०८३

समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन्। 

यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए। 

उनका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन्। यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश-२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ। 

सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ। 

समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ। आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।