आइतबार, साउन ३१, २०८३

सुनको मूल्य १६ सय बढ्यो

 |  शुक्रबार, मंसिर १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १६ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

हिजो छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो। आज प्रतितोला १ लाख ५० हजार नौ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, हिजो चाँदी प्रतितोला एक हजार आठ सयमा कारोबार भएकोमा आज ४५ रुपैयाँले बढेर एक हजार आठ सय ४५ कायम भएको छ।

प्रकाशित: Nov 29, 2024| 11:57 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्