बुधबार, पुस २, २०८२

पोखराको बाँझो जग्गामा कागतीखेती

 |  शुक्रबार, मंसिर १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

कास्की- पोखरा महानगरपालिका-२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले  बाँझो जग्गामा कागतीखेती शुरु गरेका छन्। 

National life

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती शुरु गरेको बताए। हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका उनले जानकारी दिए। 

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन्। 

कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार ४०० रहेकामा आयोजनाबाट तीन लाख ९० हजार सात सय स्वीकृत अनुदान छ।   तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नेछन्। कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ।

प्रकाशित: Nov 29, 2024| 09:01 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्