बुधबार, पुस २, २०८२

पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु

 |  शुक्रबार, मंसिर १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

दाङ- पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ।

National life

सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो। साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ।

शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष रु एक करोड ४० लाख र चालु वर्षमा रु एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ। ‘अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम सुरु गरेको छ,’ उनले भने।

हाल गहतेखोलाबाट आठ दशमलव आठ किलोमिटरसम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छभने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ।

उक्त सडक स्तरवृद्धिका लागि रु १६ करोड ५० लाखमा सम्झौता भएको छ। उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन गरे।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 29, 2024| 09:31 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्