बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अन्तःशुल्क स्टिकर प्रकरणमा विकल र सफललाई ८-८ वर्ष कैद

 |  बिहीबार, मंसिर १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १३, २०८१

काठमाडौं- अन्तःशुल्क छपाइ प्रकरणमा विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई ८-८ वर्ष कैद सजाय सुनाएको छ।

himalayan bank box

दुवै जनालाई जनही ३ करोड ४२ लाख रूपैयाँ बिगो र त्यति नै जरिवाना पनि अदालतले तोकेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसलामा आज (बिहीबार) सजाय निर्धारण गरेको हो।

यही प्रकरणमा मुछिएका पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालले भने सफाइ पाएका छन्। यस्तै खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ,  शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम र प्रिन्ट सेल प्रालि तथा यसका निर्देशक एवं सञ्चालक केशव शर्माविरुद्ध पनि मुद्दा दायर भएकामा उनीहरू सबैले सफाइ पाएका छन्।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रवीन्द्रप्रसाद पौड्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

Metro Mart
vianet

गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यस प्रकरणमा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो।

 

प्रकाशित: Nov 28, 2024| 17:12 बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्