आइतबार, असार २९, २०८२

ट्रकले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

 |  बिहीबार, मंसिर १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १३, २०८१

vianetvianet

भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बाप्र ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते छन्। उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ। 

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्धबहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ। गत साउन ३१ गते गठ्ठाघरमा ट्रकले एक स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु हुँदा स्थिति निकै तनावग्रस्त भएको थियो।

प्रकाशित: Nov 28, 2024| 10:01 बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्